धरानः धरान–१ पुरानो बजारबाट दुईजना लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २३ वर्षीय गणेश राउत र ४३ वर्षीय निरज भट्टराई रहेका छन् । विशेष सुराकका आधारमा बिहीबार राति पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उनीहरूकै कोठाबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणपश्चात् उनीहरुको कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखीएको २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन, ४ क्याप्सुल नाइट्रोजन र नगद ९७ हजार रुपैयाँ समेत फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवैजना सोही स्थानमा कोठा भाडा लिएर बस्दै आएको खुल्न आएको छ । उनीहरूउपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

