फुङलिङः कोरोनाका कारणले चैत यता सुनसान रहेको पाथीभरा क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन हुन शुरु भएसँगै अहिले पाथिभरा क्षेत्रमा दर्शनाथीहरुको चहलपहल शुरु भएको छ ।
गत महिना असोजको पहिलो हप्तादेखि सार्वजानिक यातायात तथा आन्तरिक हवाई उडान शुरु भएसँगै कोरोनाको त्रासबीचमा पनि ८ जनाले असोज महिनामा पाथीभराको दर्शन गर्न पुगेको पाथीभरा सरक्षण क्षेत्रका कार्याकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।
सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय नभएपनि पाथीभरा दर्शनाथीहरु आउन थालेको निर्देशक काफ्लेले बताए । कात्तिक १ शनिबार ४ सय ६६ जनाले एकैदिनमा पाथीभरा दर्शन पुगेको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीले जनाएको छ । दशैंको पहिलो दिन काठमाडौं, नुवाकोट, झापा, मोरङ, सुनसरीदेखिका तीर्थयात्री आएको निर्देशक काफ्लेले बताए ।
लोमो समय पाथीभरा क्षेत्रका होटलहरु कोरोनाका कारण ताला साँचो लागेको होटलहरु विस्तारै खुल्न थालेको पाथीभरा क्षेत्र काफ्ले पाटीका होटल व्यवसायी सन्तोष पौडेलले बताए ।
चैतदेखिको लकडाउनका कारण खाद्यान्न तथा पेय पदार्थको मिति गुज्रिँदा फाल्नुपरेकाले यो सिजनमा थोरै सामानको व्यवस्थापन गरिएको होटल व्यवसाथी पौडेलले बताए ।
तिर्थयात्रीहरु आउन थालेसँगै पाथीभरा क्षेत्र देउरालीदेखि माथिल्लो फेदीसम्म ३८ वटा होटल व्यवसायी उत्साहित भएका छन् । मास्क नबोक्नेलाई आफूहरूले उपलब्ध गराएको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका अहेब उमनाथ पौडेलले बताए ।