Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिउँचितुवा अनुसन्धान केन्द्र स्थापना

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७७, शुक्रबार
हिउँचितुवा अनुसन्धान केन्द्र स्थापना

ताप्लेजुङः ताप्लेजुङको कञ्जनजंघा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्ष सम्पन्न हुने भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित सम्ुन्द्र सतहदेखि ४१ सय मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ ।
अध्ययन अनुसन्धान केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गरणेशप्रसाद तिवारीले जानकारी दिए । वहु वर्षे योजनाअन्र्तगत २०७४ देखि शुरु भएको भवन निमार्ण कार्य २०७७ असार मसान्तसम्ममा निमार्ण गरि सक्नुपर्ने गरी राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण विभागअन्तर्गत कुल बजेट ४ करोड ९७ लाख ५ हजार १ सय ५० रुपैयाँमा सुवर्ण जेवी हिमालयन कन्ट्रक्सनले ठेक्का सम्झौता भएको संरक्षण अधिकृत तिवारीले बताए ।
हिमाली क्षेत्र भएकाले ताप्लेजुङको सदमुकामदेखि आवश्यक निर्माण सामग्री मान्छेले ४ दिन बोकेर निर्माणस्थलसम्म पुरयाउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिना मात्र काम गर्न सकिने भएकोले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताए ।
वर्षको ६ महिना मात्र काम गर्न सक्ने भएछि ठेक्का सम्झौता एक वर्ष थप गरी २०७८ असार मसान्तसम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी काम तीव्र रुपमा भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए ।
कञ्चनजङघा संरक्षण क्षेत्र भित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँ चितुवा, हाब्रे (रेडपाण्डा) कस्तुरी मृग साथै विभिन्न जनावर तथा चराचुरुङगी, विभिन्न प्रजातिका वनस्पतिहरु पाइने भएकोले अध्ययन अनुसन्धान गर्नको लागि हिमाली अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताए । संरचना बनिसकेपछि अध्ययन तथा अनुसन्धान केन्द्र लागि आवश्यक जनशक्तिको लागि नेपाल सरकारसँग माग गरिने पनि फेम्बूले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend