Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानलाई १८ बुँदे सुझाव

हाम्रो कोशी आवाज
कार्तिक १६ २०७७, आइतबार
धरानको बीपी प्रतिष्ठानलाई १८ बुँदे सुझाव

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार्नका लागि १८ बुँदे सुझाव पेश भएको छ ।
सुधारको माग गर्दै आएको ‘बीपी प्रतिष्ठान सुधार दबाब समूह’ सो सुझाव बीपी प्रतिष्ठानका पदाधिकारीलाई पेशेको हो । आइतबार प्रतिष्ठान परिसर पुगेको समूहले उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटी सुझावसहितको अवधारणापत्र बुझाएको छ ।
सो अवधारणापत्रमा प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समिति गठन गरियोस्, वर्तमन अवस्थाको यथार्थ चित्रणसहितको प्रतिवेदन सार्वजनिक गरियोस्, एक्सन प्लान तयार गर्न विशेषज्ञसहितको समूह निर्माण गरियोस्, अक्सिजन प्लान्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गरियोस्, लेभल ३ को कोभिड अस्पतालको निर्दिष्ट सेवा प्रत्याभूत गरियोस्, आचारसहित तर्जुमा तथा कार्यान्वयन होस्, अन्तर सम्बन्ध समन्वय इकाईको गठन गरियोस्, सामाजिक लेखा परीक्षण हुने र कसले गर्ने सो को जिम्मेवारी तोकियोस्, नागरिकले स्वास्थ्य बीमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था होस्, सेवा सुचारु हुन नसकेका उपकरणहरु अविलम्व मर्मत सम्भार गरी सेवा सुचारु गर्न सुझाइएको छ ।
यस्तै, इमरजेन्सी सेवालाई प्रभावकारी बनाउँदै ओपिडी सेवा नियमित हुनुपर्ने, सिसिआर परीक्षण २४ सै भण्टा चालु गरी सररकाले घोषणा गरेको सुविधा सुलभ ढंगले प्रदान हुनुपर्ने, कोभिड अस्पतालभित्रका अव्यवस्था तुरुन्त निराकरण, अस्पचाल शैथ्याको १० प्रतिशत आइसियु रहने व्यवस्था हुनुपर्ने, सिटी स्क्यान, डायलसिस मेसिन चालु अवस्थामा ल्याई सुचारु गरिनुपर्ने, फार्मेसीबाट व्यहोनुपरिरहेको नोक्सानी पुनः समीक्षा गरी फार्मेसी व्यवस्थित गरिनुपर्ने, बिरामीको चापअनुसार मातृशिशु वार्डमा बेड संख्या कम भएकाले त्यसको व्यवस्था गर्नुपर्ने, कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को को ? कतै नेतृत्वमा समस्या छ कि ? पुनःविचार गरिनुपर्ने लगायतका माग समेट्दै सुझाइएको छ ।
समूहले प्रतिष्ठान र धरान उपमहानगरपालिकालाई एकैदिन सो पत्र बुझाएका छन् । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अवधारणापत्र बुझ्दै प्रतिष्ठानलाई अगाडि बढाउँदै लाने र गलत कार्यहरुलाई सुधार गरेर लाने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवधारणापत्रमा हस्तान्तरण कार्यक्रममा दबाव समूहका संयोजक गिरिधारी सापकोटा, सह–संयोजक प्राध्यापक राजेन्द्र शर्मा, सचिव महेश श्रेष्ठ, रजिस्टार डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक डा. गौरीशंकर शाह र शिक्षाध्यक्ष डा. गुरु खनाल समेतको उपस्थिति थियो । तस्बीरः  लक्ष्मण थापा

 

प्रकाशित मिति: कार्तिक १६ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend