Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुर ढकमक्क सयपत्री

हाम्रो कोशी आवाज
कार्तिक १७ २०७७, सोमबार
उदयपुर ढकमक्क सयपत्री

उदयपुर (रासस) यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् ।
विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर, बगाहा, जोगीदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार, कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइको छ ।

त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा वर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताए । चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फूलेको बताए । उनी भन्छन्, ‘यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका वर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।’

प्रकाशित मिति: कार्तिक १७ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend