धरानः धरानमा सवारी साधनको ठक्करले एकको मृत्यु भएको छ ।
धरानस्थित भानुचोकमा एक बोलेरोले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले एक व्यक्तिलाई ठक्कर दिएर बोलेरो पनि फरार रहेको बताए ।
‘मगर थरका एक व्यक्तिलाई बोलेरोले ठक्कर दिएको भन्नेसम्म खुलेको छ’, उनले भने, ‘अन्य कुराबारे थप अनुसन्धान भइरहेको छ ।’ सो बोलेरोले ३५ वर्षका पुरुषलाई ठक्कर दिएको थियो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरोले ठक्करबाट गम्भीर घाइते भएका उनको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको उनले जानकारी दिए । सोमबार राति करिब ११ः१५ मा मृत्यु भएको उनको भनाइ छ ।
उता धरान-तरहरा सडक खण्डमा पनि एक सवारी साधनले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । नम्बर र केही पहिचान समेत नखुलेको सवारीसाधनले सोमबार राति पैदलायात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षको देखिने उनको गम्भीर अवस्थामा प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म फरार रहेका सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।