धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालिकाको मृत्यु भएको छ ।
इटहरी–६ की ९ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको बुधबार बिहान ३ः२५ बजे मृत्यु भएको उनले जानकारी दिए । उनी गत १८ गते कोभिड अस्पताल भर्ना भएका थिइन् । उनमा गत कार्तिक १७ गते कोरोना पुष्टि भएको थियो । उनमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको समस्या समेत रहेको उनले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।