धरानः धरान उपमहानगरपालिकाकी उपमेयर भण्डारी चढेको गाडी दुर्घटनामा परेको छ ।
धरान–विराटनगर खण्डस्थित सुनसरीको दुहवी–८ मा सो गाडी दुर्घटनामा परेको हो । धरानबाट विराटनगरतर्फ गइरहेको उपमेयर चढेको को१ज ७४९८ नं.को हाइलक्स र सोही दिशाबाट अघि बढिरहेको को१ग ७८९१ ट्रक एकआपसमा ठोक्किएको थियो ।
ठक्करबाट उपमेयर चढेको गाडीको अघिल्लो भाग कुच्चिएको छ । सो गाडीमा उपमेयर भण्डारीका श्रीमान मुरारी सुवेदी पनि सवार थिए । ट्राफिक प्रहरी कार्यालय दुहवीका असई गोपाल श्रेष्ठले उपमेयर चढेको सवारीको अगाडिपट्टिको भाग थोरै कुच्चिएको बताए ।