धरानः स्कुटर अनियन्त्रित हुँदा एक युवतीको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका १० स्थित मदनभण्डारी सडकखण्डमा राजावासबाट गाईघाटतर्फ आउँदै गरेको को३९प ९०७० नं को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटर पछाडि सवार त्रियुगा–९ बस्ने वर्ष १९ कि प्रिया बुढाथोकीको टाउकोमा चोट लागेको थियो ।
गम्भिर उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको सोमबार १२ः१५ बजे मृत्यु भएको हो । स्कुटर, स्कुटर चालक सोही ठाउँका बस्ने खडग बहादुर बुढाथोकीको छोरा वर्ष १३ को युनिक बुढाथोकी जिप्रका उदयपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
धरानमा दुर्घटना हुँदा चार घाइते
धरान–१३ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर जाँदै गरेको को ३८ प २५३२ नं. को स्कुटरलाई सोही दिशा जाँदै गरेको को२६प ५६२ नं. मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा धरान–५ बस्ने वर्ष ३० को धनबहादुर विक र सोही मोटरसाइकल पछाडि सवार निजकै श्रीमती वर्ष २८ कि अस्मिता विकघाइते भएका छन् ।
यस्तै, स्कुटर चालक धरान–१९ बस्ने वर्ष ३९ कि पार्वती श्रेष्ठ र स्कुटरमा पछाडि सवार सोही ठाउँकी ३७ कि मेनुका राई समेत घाइते भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेलाई उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । सवारी अमरहाट प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक गम्भीर
कोशी गाउँपालिका ७ जमुवा चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०२–०४१ प ३४१० नं. को मोटरसाइकलले बाटो क्रस गरिरहेको को३३प ९७७० नं. को मोसालाई ठक्कर दिँदा ९७७० नं. को चालक कोशी गाउँपालिका ३ बस्ने वर्ष २२ को राजेश साह गम्भिर घाइते भएका छन् ।
पछाडि सवार सोही ठाउँका वर्ष १० को विकास साह सामान्य घाइते भई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । चालक वर्ष १९ को सलमान आलम र दुवै सवारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
ट्रकमा ठक्कर खाँदा स्कुटर चालक गम्भीर
पथरीशनिश्चरे नपा २ स्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चमितर्फ आउँदै गरेको मे१०प ९२५८ नं को स्कुटर सडकमा रोकी राखेको ना४ख १६६९ नं को ट्रकमा ठक्कर खाँदा स्कुटर चालक पाँचथर आरुबोटे बस्ने वर्ष २७ को सरोज बोहोराको शरीरको विभिन्न भागमा चोट अवस्था गम्भिर उपचारको लागी पथरी अस्पतालमा लागेको र उपचार भइरहेको छ । स्कुटर ,ट्रक र ट्रक चालक मोरङ बुढिगंगा गापा ४ बस्ने वर्ष ४० को राजेशकुमार चौधरी इप्रका पथरीको नियन्त्रणमा रहेका छन् ।
मोरङमा एम्बुलेन्स र स्कुटर ठक्कर खाँदा एक गम्भीर
विराटनगर मनपा ६ डम्पिन छेउस्थित भित्री पक्की सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ९२५७ नं.को एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको को११प ४३३० नं.को स्कुटर आपसमा ठक्कर खाँदा पछाडि सवार सुशिला कामत गम्भिर घाइते भएकी छिन् । चालक सुनसरी बर्जु गापा २ बस्ने वर्ष २६ को सुमन कामत सामान्य घाइते भएका छन् । दुवैको न्यूरो अस्पताल विराटनगर उपचार भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक सुनसरी हरिनगरा बस्ने रियाज अन्सारी प्रहरीको नियन्त्रणमा छन् ।
पैदलयात्रीलाई ठक्कर
उता बुढिगंगा गापा १ स्थित पुस्पलाल–विराटचोक भित्र पक्की सडकखण्डमा पश्चिमबाट पूर्व जाँदै गरेको को १ ह ८६६४ नं.को सिटिले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको छ ।
विराटनगर–३ बस्ने वर्ष ७६ को गंगाप्रसाद भण्डरीलाई ठक्कर दिँदा उनी सामान्य घाइते बनेका हुन् । विराटनगरका सिटी सफारी चालक संजय कामत प्रहरीको नियन्त्रणमा छन् ।