ताप्लेजुङः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई सुरू गर्ने बताएका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको मंगलबार शुभारम्भ गर्दै मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशका विभिन्न क्षेत्रमा पर्यटन पढाई शुरु गर्ने बताएका हुन् ।
मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धनसँगै विकास गर्नका लागि पर्यटन शिक्षा आजको आवश्यकता भएको बताए ।
नेपालमा हिमाल आरोहण गर्नका लागि बर्षेनी हजारौ मानिस विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको लागि पर्यटन बिषय अध्यापन शुरु गरेको गरिएको बताएका छन् ।
मंगलबार नै नारायणी माविमा कक्षा–११ र १२ मा अध्यापनको लागि गत शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायण माविका प्रधानाध्यापक गणेशबहादुर प्रसाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौत्ता पत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा–११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन, अध्यापन गराउन अनुभवी प्रशिक्षकहरु उपलब्ध गराउने, पर्यटन र पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामाग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा शैक्षिक सहयोग गर्ने भएको छ भने विद्यालयको तर्फबा पर्यटन तथा पर्वरोहण विषय कक्षा–११ र १२ मा अध्यायन गराउने, अध्यापन गराउन आउने शिक्षकको ब्यवस्थानपन पाठयक्रमको लागि पुस्तकालय लगायतका सामाग्री विद्यालय उपलब्ध गराउने सहमति भएको छ ।