Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘फाल्गुनन्दको उपदेश र मार्गदर्शनले एकतामा बल पुग्छ’

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७७, मंगलबार
‘फाल्गुनन्दको उपदेश र मार्गदर्शनले एकतामा बल पुग्छ’

ताप्लेजुङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताएका छन् ।
फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले फाल्गुनन्दका उपदेश र मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुता र सद्भाव कायम हुन सक्ने बताए ।
शुभकामना सन्देशमा सबैमा उनको मार्गदर्शनमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिनुभएका फाल्गुनन्दले जीवनका सबै समय कुरीति र कुसंस्कारमा जकडिएको समाज सुधारमा खर्चिएको भन्दै मन्त्री भट्टराईले विश्व समुदायको सुधारका लागि उनले पु¥याएका योगदानको स्मरण गरे ।
जीवनको अन्तिम समयसम्म भाषा, संस्कार, संस्कृति, शिक्षा उत्थान तथा समाज सुधारका निम्ति लाग्नुभएका फाल्गुनन्दले विसं १९८८ मा स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’ को नीति विश्व समुदायले अनुसरण गर्ने गरेको आफ्नो शुभकामना सन्देशमा उनले उल्लेख गरे । रासस

प्रकाशित मिति: कार्तिक २५ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend