Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना’

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७७, बिहिबार
‘पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना’

ताप्लेजुङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् ।
बिहीबार गृहजिल्ला ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषय अध्ययनको शुभारम्भ गर्दै उनले पर्यटन प्रवर्द्धनका हिसाबले अथाह सम्भावना बोकेको पूर्वी पहाडी जिल्लामा पर्यटन विकासका लागि योजनाबद्धरुपले अघि बढ्ने तयारी भएको बताए ।
प्रचार–प्रसार र पर्याप्त पर्यटन पूर्वाधारको अभावका साथै पर्यटनमैत्री व्यवहारको विकास नहुँदा अथाह सम्भावना बोकेका क्षेत्रहरु पछि परेकाले अब सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति: कार्तिक २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend