Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जुवा खेलिरहेका खेलिरहेका मानिस पक्राउ

हाम्रो कोशी आवाज
मंसिर ४ २०७७, बिहिबार
धरानमा जुवा खेलिरहेका खेलिरहेका मानिस पक्राउ

धरानः धरान–१५ बाट जुवाजन्य खेल (कौडा) खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले उनीहरूलाई पक्राउ गरेको हो । कार्तिक ३ गते धरान–१५ स्थित सुरेश लिम्बूको घरकोठामा जुवाजन्य खेल कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान–१५ बस्ने वर्ष ४२ को राजकुमार लिम्बू, सोही वडाका वर्ष ४१ को दीपराज आङ्देम्बे, धरान–१३ बस्ने वर्ष २९ दीपेन्द्र लिम्बू, धरान–१९ बस्ने वर्ष ३७ को खगेन्द्र भन्ने धनेन्द्र लिम्बू, धरान–१८ बस्ने वर्ष ३७ को प्रेम कुमार लिम्बू, मोरङ सुन्दरहरैचा ११ घर भई हाल धरान वडा नं. ३ बस्ने वर्ष ३७ को युवराज आङ्देम्बे र धरान वडा नं. ३ बस्ने वर्ष टिकाराज आङ्देम्बे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
जुवाको खालबाट नगद एक लाख ८९ हजार २ सय १५ रुपैयाँ र १६ कौडा थानसहित उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend