धरानः सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीलाई पक्राउ गरी क्षेत्रीय कारागार झुम्का पठाइएको छ । इलाका प्रहरी कार्यालय धरानले पक्राउ उनीहरुलाई पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनको सिलसिलामा सुनसरी जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल हुन बाँकी रहेकालाई खोजतलास गरी क्षेत्रीय कारागार झुम्का पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । फरार प्रतिवादी पक्राउ परेका र प्रतिवादीले अदालतबाट फैसला भएबमोजिम कैद भुक्तान गर्नुपर्नेछ ।
कैद भुक्तान गर्न बाँकी रहेकाहरुमा धरान–८ का ६१ वर्षीय सन्तोष तामाङ लामा, धरान–८ कै वर्ष २५ को अनुप श्रेष्ठ ३० वर्षीय धरान–७ का प्रेम विश्वकर्मा रहेका छन् । सन्तोषविरुद्ध नागरिकता किर्ते गरेको शीर्षकमा मुद्दा परेको छ भने उनले ९ महिना १३ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको छ भने अनुपलाई कर्तब्य ज्यान शीर्षकमा मुद्दा छ । उनीविरुद्ध ५ वर्ष कैद हुनुपर्ने अदालतको फैसला छ । यस्तै, प्रेमले लागू औषध मुद्दामा १६७५ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
डिएसपी बस्नेतले बिहीबार नै मुद्दाका प्रतिवादीहरुलाई सुनसरी जिल्ला अदालतमा पेश गरी जिल्ला अदालतबाट कैद तथा जरिवाना असुल उपर गर्न क्षेत्रीय कारागार कार्यालय झुम्कामा पठाइएको जानकारी दिए ।
