Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तेह्रथुमको किवी बिकेन

हाम्रो कोशी आवाज
मंसिर ७ २०७७, आइतबार
तेह्रथुमको किवी बिकेन

तेह्रथुमः परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् ।
उत्पादन भएरपनि बजार नपाउँदा तेह्रथुम छथर, सुदापका किवी किसानहरु यतिबेला चिन्तित बनेका छन् । गत वर्षसम्म राम्रो मूल्यमा बिक्री हुँदै आएको किवी यो वर्ष बिक्री हुने सिजन बित्न लागिसक्दा पनि बिक्री हुन सकेको छैन भने बजारमा माग पनि छैन ।
बगानमा लटरम्म फलेको किवी बिक्री नहुँदा सोचेजस्तो आम्दानी लिन नसकेको छथर गाउँपालिका–६, सुदापका किसान टेकबहादुर मगरले बताए । घमाइलो तथा मलिलो माटोमा खेती हुने किवीबाट राम्रै आम्दानी लिने आशा गरेका यहाँका किसान अहिले बजार नपाउँदा समस्यमा परेका छन् ।
एउटै बगानबाट वर्षको तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । गत वर्षसम्म प्रतिकिलो २०० रुपैयाँसम्म बिक्री हुँदै आएको भएपनि यस वर्ष भने ६० रुपैयाँमा पनि बिक्री नभएको जितबहादुर मगरको भनाइ छ । सुरुका दिनहरुमा राम्रो मूल्य पाएपछि हौसिएका यहाँका किसान यो वर्ष भने निराश भएका छन् ।

प्रकाशित मिति: मंसिर ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend