Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दिशाजन्य लेदो र फोहोर जथाभावी नफालिने

हाम्रो कोशी आवाज
मंसिर ७ २०७७, आइतबार
दिशाजन्य लेदो र फोहोर जथाभावी नफालिने

धरानः अब दिशाजन्य लेदो र फोहोर जथाभावी नफालिने भएको छ । इटहरी उपमहानगरपालिकाले धरान क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा फोहोर र लेदो व्यवस्थापन जथाभावी गर्ने गरेको पाइएको थियो । उपमहानगरपालिकाले धरान क्षेत्रमा पर्ने जङ्गलमा फोहोर र लेदो व्यवस्थापन गर्दै आएको थियो ।
चारकोशे जङ्गलमा तत्काल दिशाजन्य लेदो र फोहोर फाल्न निषेध गरिएको भएको छ । धरान उपमहानगरपालिका र इटहरी उपमहानगरका मेयर, उपमेयर, वातावरण महशाखालगायतको धरानमा भएको बैठकले यस्तो निर्णय गरेको मेयर तिलक राईले जानकार िदिए । ‘सही ढङ्गले व्यवस्थापन गर्ने उपाय ननिकालेसम्म जङ्गल दिशाजन्य लेदो र फोहोर फाल्न नपाइने भएको छ’, उनले भने ।
बैठकले मानव स्वास्थ्य र वातावरणलाई प्रभाव नपर्ने तरिकाले सेफ्टी ट्याङ्कीको दिशाजन्य फोहोर व्यवस्थापन गर्ने निर्णय भएको जनाइएको छ ।
इटहरीले अहिले फोहोर व्यवस्थापनका लागि चारकोशे नै प्रयोग गर्दै आएको छ अर्थात् झाडीमै निर्भर छ भने दिशाजन्य लेदो र फोहोर पनि सेउती पुल छेऊको जङ्गलमा व्यवस्थापन गर्ने गरेको पाइएको छ । यो क्षेत्र धरानकै क्षेत्र हो । यसरी दिशाजन्य लेदो र फोहोर फयाकिँदा वातावरण थप प्रदुषित बनेको छ । अहिले सडकमा हिँड्ने बटुवाले समेत नाक थुनेर हिँड्नुपर्ने वातावरण सिर्जना भएको छ ।
अहिले चारकोशेमै धरान र इटहरीको फोहोर साथै अस्पतालजन्य फोहोर जलाउने, डम्पिङ गर्ने काम गरिन्छ तर त्यो कार्य अझै रोकिन सकेको छैन ।
धरानले वडा नं. ६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माण कार्य लगभग सकिएको जनाएपनि सञ्चालनमा आउन सकेको छैन । कोरोना कहरका कारण यो सञ्चालनमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । यस्तै, इटहरीले फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल्ड साइड आगामी चैतबाट सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति: मंसिर ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend