धरानः धरान-१५ गणतन्त्र मार्ग बस्ने एक युवालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय रवि तामाङ (लामा) रहेका छन् । उनको आफ्नै घर धरान–१५ सिरिजङ्गा टोलमा रहेको घरको कोठामा लागूऔषध लुकाएका थिए । प्रहरीले खानतलासी गर्दा उनको आफू सुत्ने कोठाभित्र कार्टुनमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
घरको कोठामा लागूऔषध लुकाइ राखेको र बिक्री–वितरण गर्ने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको र लागूऔषध भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनको कोठाबाट लागूऔषध पनि बरामद गरेको उनले जानकारी दिए ।
उनको कोठाबाट कार्टुनमा लुकाएको अवस्थामा डाइलेक्स डिसी १०० एमएलको १६ थान र एउटा खाली बोतल, स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट भएको प्रहरीले जनाएको छ । तामाङलाई पक्राउ गरी लागूऔषध कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।