Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तालतलैयामा अस्थायी प्रहरी चौकी

हाम्रो कोशी आवाज
मंसिर १२ २०७७, शुक्रबार
तालतलैयामा अस्थायी प्रहरी चौकी

सुनसरीः अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
कार्यालयको हाताभित्र एक विशेष समारोहका बीच नव निर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।
अढाइतले सुविधा सम्पन्न सो भवन संसद् विकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया विकास कोष र स्थानीय जनसहयोग गरी जम्मा ७० लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व सांसद् सर्वध्वज साँवा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, इटहरी उपमहानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगायत स्थानीयवासीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: मंसिर १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend