Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-३ र धरान-१० बाट लागूऔषधसहित युवा समातिए

हाम्रो कोशी आवाज
मंसिर १४ २०७७, आइतबार
धरान-३ र धरान-१० बाट लागूऔषधसहित युवा समातिए

विराटनगरः सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।
शनिबार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० का ३१ वर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र कार्कीले जानकारी दिए । यस्तै, प्रहरी टोलीले धरान–३ का २६ वर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उता वडा प्रहरी कार्यालय झापा भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिबार राति सवा ७ बजे लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
भद्रपुर नगरपालिका–४ डाँगीबारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर–४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर–५ का २६ वर्षीय मदन विक, हल्दिवारी गाउँपालिका–१ का लोकेन्द्र गुराँगाई र भद्रपुर नगरपालिका–४ का २१ वर्षीय राजन माझीलाई ७ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंसिर १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend