Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुल ब्याग पाउँदा धरान-१६ को भकारी स्कुलका विद्यार्थी दङ्ग

हाम्रो कोशी आवाज
मंसिर २२ २०७७, सोमबार
स्कुल ब्याग पाउँदा धरान-१६ को भकारी स्कुलका विद्यार्थी  दङ्ग

धरानः धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) का विद्यार्थीले स्कुल ब्याग पाएपछि दङ्ग परेका छन् ।
१०५ जना विद्यार्थीलाई स्कुल ब्यागसहित कलर बाकस, पेन्सिल, कापीलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । चाइना फाउन्डेसन फर पोभर्टी एवम् राष्ट्रिय अपाङ्गता पुस्थापना समाज अनामनगरले सो शैक्षिक सामग्री प्रदान गरेको हो ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जनार्दन वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राई रहेका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, सांसद राई, फाउन्डेशनका प्रतिनिधि कृष्णप्रसाद ढकालले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
शिक्षालाई संविधानमै मौलिक हकको रुपमा उल्लेख भएको हुँदा विस्तारै कार्यान्वयन हुँदै जाने र विद्यालयलाई सुन्दर फूलबारीको रुपमा विकास गर्ने कार्यमा आफू सदैव सक्रिय रहने सांसद राईको धारणा थियो ।

प्रकाशित मिति: मंसिर २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend