Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङका गाउँ-गाउँमा यातायात

हाम्रो कोशी आवाज
मंसिर २३ २०७७, मंगलबार
ताप्लेजुङका गाउँ-गाउँमा यातायात

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ–गाउँमा यातायात सेवाको पहुँच पुरयाइएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निर्माण गरी गाउँ–गाउँमा यातायात सेवाको पहुँच पुरयाएको हो । फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ ।
गाउँपालिकाको वडा नं १ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । त्यस्तै, वडा नं ३ लिङखिम, वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।
अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेवल पुल निर्माण सम्पन्न नभइन्जेल गाउँपालिकाले विगत तीन वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गर्दै आएको छ । अस्थायी काठे मोटरेवल पुलबाट गाउँपालिकाको वडा–वडा र गाउँ–गाउँसम्म गाडी सहजै पुग्दै आएको छ । घर आगनमा गाडी आइपुग्दा स्थानीयवासी निकै खुशी भएका छन् ।
तमोर नदीको चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पुरयाएको गाउँपालिकाले यो वर्ष वडा नं १ सावादिन र वडा नं ३ लिखिम जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका ९०१ घरपरिवारले यातायातको सेवाबाट लाभान्वित हुने भएको छ ।
यसैगरी गाउँपालिका–५ छिरुवा र वडा नं ४ इखाबु गाउँ जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेवल निर्माण भएको छ । पुल निर्माणसँगै सो क्षेत्रका ४२२ घरपरिवारले प्रत्यक्ष लाभान्वित हुनेभएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा नं ६ साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका ३०० घरपरिवारले यातायात सेवाबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र ओलाङचुङ गोलाका २९९ घरपरिवारले प्रत्यक्ष रुपमा यातायातको सेवाबाट लाभान्वित भएका छन् । स्थानीयवासी आवागमनमा सहजता प्रदान गर्नका लागि काठे मोटरेवल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताए ।

प्रकाशित मिति: मंसिर २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend