फुङलिङः ताप्लेजुङको सिदिङवा गाउँपालिले पुस १ गतेबाट एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।
गाउँपालिकाको सबै वडाहरुमा सडक सञ्जालले जोडिएसँगै प्रसुति तथा अन्य आपतकालीन बिरामीहरुलाई गाउँपालिकाले आफ्नै एम्बुलेन्सबाट सेवा दिन लागेको हो ।
विशेष छुटसहित सेवा दिन हिसाबले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको सिदिङवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिए । ‘केही वर्ष प्रसुति व्यथाले च्यापेका महिलाहरु अस्पतालसम्म समयमै पुरयाउन नसक्दा अकालमै ज्यान गुमाउने अवस्थासम्म थियो, अब त्यस्तो समस्या रहन दिँदैनौं,’ उनले भने ।
नेपाल सरकारले राजश्व छुट गरिदिएकोले गाउँपालिकाले १० लाखमा खरिद गरेको लिङदेनले जानकारी दिए । कच्ची सडकमा प्रति किलोमिटर २ सय र कालोपत्रे सडकमा प्रति किलोमिटर १ यस ५० रुपैयाँ भाडा तोकिएको प्रमुख प्रशासकीय अधिकृत लिङदेनले बताए । सहिद परिवार, बेपत्ता परिवार र गर्भवती महिलालाई २० प्रतिशत गाउँपालिले छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लिङदेनले बताए ।
विगतका दिनहरुमा गर्भवती महिला तथा आकस्मिक बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता थियो । कतिपय अस्पताल नपुरयाउँदै ज्यान गुमाउँदै आएको सिदिङवा गाउँपालिकाका उपध्यक्ष जीवन ताम्लिङले बताए । तर अबका दिनहरुमा उपचारको लागि बाटोमै ज्यान नपर्ने उनले बताए ।