Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित सुनसरी र मोरङका पाँचजना समातिए

हाम्रो कोशी आवाज
मंसिर २४ २०७७, बुधबार
लागूऔषधसहित सुनसरी र मोरङका पाँचजना समातिए

विराटनगरः मोरङ र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी–९ बाट भारतीय नागरिक ओमप्रकाश यादवलाई ट्रोमाडोल ८ हजार क्याप्सुल, नाइट्राभेट १० लेखिएको लागूऔषध १ हजार ६ सय ६० क्याप्सुल र १०० एमएलको टलानोकोफ ३० बोतलसहित पक्राउ गरेको हो ।
यस्तै, इटहरी–१३ खनारबाट मोरङको जहदा गाउँपालिका–४ का ३७ वर्षीय उमेश कुमार मण्डललाई ट्रमाडोल ३६० क्याप्सुल र स्पास्पेन १८८ ट्याब्लेट लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै, इटहरी–८ का १९ वर्षीय सनम बस्नेतलाई इटहरी–६ बाट लागूऔषध ट्रमाडोल ४५०० क्याप्सुलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलबार दिउँसो साढे ३ बजे सुनवर्सी नगरपालिका–९ का २४ वर्षीय कुन्दन सहनी र १९ वर्षीय आदर्श दासलाई लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित पक्राउ मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend