Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुद्दा दर्ताबाट ११ करोड बढी राजश्व

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
मुद्दा दर्ताबाट ११ करोड बढी राजश्व

विराटनगरः प्रदेश १ प्रहरी कार्यालयले चोरी तस्करी, नदीजन्य वस्तुको दोहन, अवैध काठ चोरी निकासी साथै फरार रहेका अभियुक्तलगायतलाई समात्दै ११ करोड भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्दा दर्ता भएको जानकारी दिए ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा ११ करोड रुपैयाँ बढी राजश्व संकलन भएको उनले जानकारी दिए ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारीरुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
यस आर्थिक वर्षको गत ४ महिनामा मात्र २ हजार १ सय ७ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी ३०० वर्ष कैद भुक्तान भई , १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी भन्सार चोरी निकासीतर्फ अवैधरुपमा सामान चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ ।
यसैगरी अवैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गर्नुका साथै १२८४ क्युफिट काठ बरामद गरी १४ लाख ९०० राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यवस्थापनतर्फ यस आर्थिक वर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ ।
यसरी यसै आर्थिक वर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो । यसैगरी अघिल्लो ३ आर्थिक वर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend