Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आगलागीमा एक करोड ५० लाख बराबरको क्षति

हाम्रो कोशी आवाज
मंसिर ३० २०७७, मंगलबार
आगलागीमा एक करोड ५० लाख बराबरको क्षति

विराटनगरः मोरङको सुनवर्सी नगरपालिका-२ अमरदहमा रहेको पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
बिहान राति २ बजेको समयमा पारस साहले सञ्चालन गरेको किराना पसल, पसल रहेको घर र पछाडि रहेको अर्को घर समेतमा अचानक आगलागी हुँदा घरभित्र रहेको नगद २० लाख, सुनचाँदी, लत्ताकपडा, किराना पसलको सामान समेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सो आगलागी विराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलबारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको तथा आगलागीबाट मानवीय र चौपाया क्षति नभएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ३० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend