Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘मकुना’लाई निको पार्ने प्रयास

हाम्रो कोशी आवाज
पुष १ २०७७, बुधबार
‘मकुना’लाई निको पार्ने प्रयास

धरानः कोशीटप्पुमा रहेको ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको सो हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि यसको उपचारका लागि सुनसरी प्रशासन लागिपरेको छ । यो हात्तीको मानसिक सन्तुलन ठीक छैन, पहिले-पहिले मानिस देख्दा भाग्ने गरेको भएपनि अहिले आक्रमण गर्ने गरेको पाइएको छ ।
हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि हात्ती मार्ने तयारीमा प्रशासन पुगेको पुगेको थियो । तीन वर्षयता ‘मकुना’ ले १८ जनाको ज्यान लिइसकेको कोशी गाउँपालिकाले जनाएको छ । सुनसरी प्रशासनका अनुसार मङ्गलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको हो ।
जनताको माग हात्ती मार्नुपर्ने भन्ने रहेको र पहिला उपचार गरिने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा प्रशासन पुगेको उनले जानकारी दिए ।
‘सकभर उपचार गर्ने, उपचार सम्भव नभए मार्ने निर्णयमा हामी पुगेका छौं,’ पोखरेलले भने । हात्ती नियन्त्रणमा लिनुपर्ने जनताको गुनासो आएपछि मार्ने योजनाअनुसार कोशीटप्पु वन्यजन्तु आरक्षमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लेखी पठाउने तयारी भइरहेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयबु अन्सारीले बताए ।
सोमबार मकुनाको आक्रमणबाट कोशी गाउँपालिका–६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो । गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यो हात्तीले तीन वर्षको अवधिमा १८ जनाको ज्यान लिइसकेको उनले जानकारी दिए । कोशीटप्पुमा सात वटा हात्ती छन् । तिनीहरूमध्ये ‘मकुना’ कतै जाँदैन । ‘मकुना’ दाह्रा नभएको भाले हात्ती हो । आरक्षका अनुसार १७ जङ्गली हात्तीमध्ये मकुना यहीँको स्थायी हात्ती हो ।

प्रकाशित मिति: पुष १ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend