Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनले लिम्बूलाई बनायो उद्यमी

हाम्रो कोशी आवाज
पुष ३ २०७७, शुक्रबार
लकडाउनले लिम्बूलाई बनायो उद्यमी

ताप्लेजुङको हिमाली समुदायको पहिलो सैलुन व्यवसायी नविन लिम्बू ।
तस्वीरः दिलकुमार

ताप्लेजुङः कोरोना भाइरसले धेरैलाई व्यवसाय नै परिवर्तन गराएर फरक उद्यमी बनाएको छ । कोरोनाका कारणले विश्वका उद्यमीहरुको व्यवसाय चौपट पनि बन्यो । यसै क्रममा ताप्लेजुङका नविन लिम्बूलाई भने लकडाउनले उद्यमी बनाएको छ । त्यो पनि पहिलो हिमाली समुदायकै सैलुन उद्यमी । उनले ताप्लेजुङमा सैलुन व्यवसाय खोलेपछि अहिले उनको चर्चा चुलिएको छ । हाम्रो कोशी आवाजको ‘आजको स्तम्भ’ मा पढौं उनको चर्चा ।
२५ वर्षीय नविन अहिले ताप्लेजुङमा सैलुन चलाएर रमाइरहेका छन् । ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका बासिन्दा उनी वैदेशिक रोजगारमा हान्निन भन्दै धरानमा जापानिज भाषा खुब ध्यान दिएर सिके । जापान जानको लागि नविन धरानमा जापानिज भाषा सिक्दै गर्दा गत चैत ११ गते नेपालमा लकडाउन शुरु भयो । लामो समय लकडाउन भएपछि जापानिज भाषा कक्षा सञ्चालन बन्द भयो । सबै यातायात सञ्चालन पनि बन्द भएपछि घर आउने कुनै विकल्प भएन ।
बन्दको समयमा नविनले आफूले चिनेका नजिकैको साथीको सैलुुनमा बोलाएर कपाल काटिदिन थाले । नविनले सानैदेखि कपाल काट्ने रहर थियो । जापानिज भाषा प्रशिक्षण कक्षा बन्द भएपछि नविनको समय साथीहरुलाई बोलाएर कपाल काटिदिने दैनिकी नै बन्यो । उनले लामो समय कोरोनाको कारणले बजार बन्दमा धेरै जनाको कपाल र दारी काट्न भ्याए ।
कपाल र दाह्री काटिदिएवापत नविनले राम्रो पैसा हात पार्न थाले । नविनले विस्तारै जापान जाने सपना फेरिन थाल्यो । कपाल काटेकै पैसा बचाएर गत मंसिरको पहिलो हप्ता ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ६० हजार रुपैयाँ लगानी गरेर सैलुन खोल्न सफल बने ।
ताप्लेजुङको सदरमुकाममा अहिले तराई मूलको समुदायले सञ्चालन गरेको एक दर्जन जति सैलुन सञ्चालनमा छ तर लिम्बू समुदाय अर्थात् फरक समुदायले सञ्चालन गरेको सैलुन थिएन ।
ताप्लेजुङ जिल्लाको स्थानीय समुदायहरुबाट अहिलेसम्म कुनै व्यवसायिकरुपमा सैलुन सञ्चालन गरेको नविनकै पहिलो सैलुन हुन सफल भएको छ । नविन अहिले बिहानदेखि बेलुकीसम्म सैलुनमा कपाल, दाह्री काट्न व्यस्त छन् ।
उनी कपालसँगै दाह्री, कपाल रङग लगाउने र फेस वास समेत गर्ने गर्दछन् । कपाल काटेरै महिनाको खर्च कटाएर ३५ हजार रुपैयाँ कमाउँदै आएको नविन बताउँछन् । ‘नजलगाइ जुनसुकै व्यवसाय वा पेशा अंगाल्ने हो भने देशमै छ पैसा ।’ उनी भन्छन् ।
लाखौं खर्च गरेर पढाइ सकेर पनि बेरोजगार बन्नेहरुको हजारौं संख्यामा छन् । जागिर खोज्दै नेताको पछि लाग्नेहरुको संख्या पनि कम छैन । नेपालमा काम पाएन भन्दै दैनिक वैदेशिक रोजागारीमा जानको संख्या उत्तिकै छ तर हातमा सीप र इच्छा शक्ति भए सानो लगानीमै विदेशमा पसिना बगाएर कमाएको जति आफ्नो परिवारसँगै बसेर कमाउन सकिन्छ भन्ने एक उदारणको पात्रा बनेका छन् नविन । ‘कम लगानीमा हातमा सीप भए विना लगानीमा पनि व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सकिन्छ’, उनी भन्छन् ।
नविनको सैलुनमा दैनिक नयाँ ग्राहकहरु बढ्दै गएका छन् । स्थानीय समुदायले खोलेको सैलुनमै जानुपर्छ भन्ने धेरैको मनमा पर्न थालेको उनी बताउँछन् । व्यापार व्यवसाय अगाडि बढाउन पहिलो राम्रो बोलीचाली हुन आवश्यक भएको उनको अनुभव छ । ‘राम्रो बोली र राम्रो व्यावहारले मात्र सम्बन्ध जोडिँदै जाने र राम्रो सम्बन्धले मात्र व्यवसाय सफल हुन्छ ।’ उनी भन्छन् ।
तराई मूलको समुदायहरुले तराईदेखि आएर हिमाली जिल्ला ताप्लेजुङमा वर्षौदेखि एकाधिकार जमाइरहेको समय पहिलो स्थानीय समुदायले सैलुन खोलेकोमा युवा नेता डम्बर ओख्राबो खुशी व्यक्त गर्छन् । पेशा वा व्यवसाय सञ्चालन गर्न जात, वर्ण, रंग र सम्प्रदायले महत्व राख्दैन, सीप र जांगर भए जनुसुकै समुदायले सीप बेचेर राम्रो कमाउन सकिने एक उदाहरणको पात्र बनेको स्थानीय जीतेन चेम्जोङले बताउँछन् ।
दिलकुमार राससकर्मी पनि हुन् ।

प्रकाशित मिति: पुष ३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend