Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अश्लील तस्वीर ‘लिक गरौं’ भन्दै ७० लाखको ‘डिमान्ड’

हाम्रो कोशी आवाज
पुष ३ २०७७, शुक्रबार
अश्लील तस्वीर ‘लिक गरौं’ भन्दै ७० लाखको ‘डिमान्ड’

धरानः ७० लाख रुपैयाँ दिनू नत्र नग्न तस्वीर ‘लिक’ गरिदिन्छु भन्दै रकम वार्गेनिङ गर्ने एक पुरुष पक्राउ परेका छन् ।
नक्कली इमेल खोली एक महिलालाई ७० लाख रूपैयाँ नदिए आफूसँग भएका नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्काउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाएर महिलालाई अश्लील सन्देश तथा तस्वीर पठाउने र यौन उत्पीडन एवम् हैरानी दिने व्यक्तिहरुलाई पक्राउ गरेको छ । ब्यूरोले यस किसिमको गतिविधिमा संलग्न दुई जनालाई काठमाडौं र चितवनबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगरका–३३ वर्षीय सुमन रेग्मी छन् । काठमाडौं बुढानिलकण्ठ–७ गल्फुटार बस्ने उनले इमेल आइडी बनाएर परिचित महिला साथीलाई आफूसँग अर्धनग्न तथा नग्न तस्वीर रहेको र सो तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्क्याउने गरेको बताइएको छ ।
आफूलाई ७० लाख रुपैयाँ नदिएमा तस्वीरहरु सार्वजनिक गरिदिने भन्दै रेग्मीले यौन उत्पीडन दिने, अनलाइन यौन सम्पर्कका लागि बाध्य पार्ने लगायतको कार्य गरेको ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतको पक्राउ अनुमतिमा उनलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी चितवनबाट पक्राउ परेका माडी नगरपालिका ६ कल्याणपुरका ३५ वर्षीय थमबहादुरले समेत त्यस्तै किसिमको अपराध गरेको बताइएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर नजिकको नातापर्ने महिलालाई यौनजन्य तथा अश्लील सन्देश र तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने लगायतका कार्य गरेको ब्यूरोले जनाएको छ । विश्वकर्मा विरुद्ध समेत विद्युतीय कारोबार ऐन अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति: पुष ३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend