सांकेतिक तस्वीर ।
धरानः धरान-१५ बाट दुई थान पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१५ सयपत्री मार्ग बस्ने २७ वर्षीय देवीबहादुर लिम्बू र २६ वर्षीय रनसुर राई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट मेडइन युएसए लेखिएको पेस्तोल र खाली म्यागजीन १ थान बरामद हुनुका साथै म्यागजीन नभएको पेस्तोलसमेत एक थान गरी जम्मा दुई थान फेला पारेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई म्याद थप गरी अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई आजै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।