Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीको आरटीआरके होटल स्कुलले ‘फुड टेष्टिङ फेस्टिबल’ आयोजना गर्ने

हाम्रो कोशी आवाज
पुष १० २०७७, शुक्रबार
इटहरीको आरटीआरके होटल स्कुलले ‘फुड टेष्टिङ फेस्टिबल’ आयोजना गर्ने

धरानः इटहरीमा सञ्चालित आरटीआरके होटल स्कुलले ‘फुड टेष्टिङ फेस्टिबल’ आयोजना गर्ने भएको छ ।
आज (शुक्रबार) देखि १५ दिनसम्म अर्थात् पुस २९ गतेसम्म यस्तो फेस्टिबल आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेस्टिवलमा १०१ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रेमलाल घिसिङले तयार गरेको खाना समेत चाख्न पाइने भएको छ । स्कुलका व्यवस्थापन प्रमुख प्रेम तुम्बापोले आरटीआरकेले नयाँ ‘कन्सेप्ट’ का साथ फेस्टिबल आयोजना गरिएको जानकारी दिए । फेस्टिबलमा नेपाली मौलिक खाना, ढिडो, रोटी, थकाली ढिडो, पोलेको च्याउ, थेन्दुक, याङ्वेनलगायत चाख्न पाइने भएको छ ।
उनले नेपालमै पहिलो नेपाली भान्सा ‘चुलो रेष्टुरेण्ट’ इटहरीमा सञ्चालनमा ल्याएको जानकारी दिए । नेपाली मौलिक भान्साको प्रवद्र्धन साथै पर्यटनमा टेवा पुरयाउने उद्देश्यले इटहरीमा यस्तो रेष्टुरेण्ट सञ्चालनमा आएको हो । रेष्टुरेण्टमा नेपाली मौलिक खानाहरु आकर्षणको रुपमा रहनेछन् । ढिडो, रोटीदेखि याङ्वेनसम्मका मौलिक खाना खुवाउने लक्ष्य लिइएको उनले जानकारी द्रिए ।
‘नेपाली मौलिक खानाहरुलाई मेनुमै राखेर प्रवद्र्धन गर्न लागिएको यो पूर्वी नेपालमै पहिलोपटक हो’, उनले भने, ‘नेपाली खानाले अन्तर्राष्ट्रियस्तरमा खानाका पारखीहरुको मन जितिसक्दा पनि नेपालकै होटल रेष्टुरेन्टको मेनुमा ठाउँ बनाउन सकेको छैन, त्यसैले विभिन्न जातजाति, धर्म, संस्कार, संस्कृतिका समुदायहरुले वर्षौंदेखि भान्सामा पकाइरहेको मौलिक खानालाई हामीले चखाउने तयारी गरेका हौं ।’
उनका अनुसार पश्चिम लाइनमा टेलिकम जाने बाटोमा रहेको होटल स्कुल रहेको भवनमै रेष्टुरेन्ट सञ्चालनमा आएको हो । रेष्टुरेन्ट पनि नेपाली मौलिक सजावटसहितको कलाकारिताले सिंगारिने उनले बताए ।
होटल मेनेजमेन्ट सम्बन्धी तालिम र कक्षाहरु सञ्चालन गर्दै आएको आरटीआरकेले यसै वर्षदेखि होटल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्षहरु सञ्चालनको तयारी गरेको छ । तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: पुष १० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend