Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आयो पिकनिकको ‘सिजन’

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
आयो पिकनिकको ‘सिजन’

धरानः धरान–१९ स्थित हरियाली सामुदायिक वनको पारिलो घामसँगै रमाउने र पिकनिक खाने अहिले बढेका छन् ।
उहिल्यै ‘वनभात’ भन्दै जाने चलन थियो भने अहिले पिकनिक । यही पिकनिकले अहिले बजार पिटेको छ । हिउँदलाई घुमघामको याम पनि भनिन्छ । त्यसैले भनौं ‘हिउँदको घाम पिकनिक खाने याम’ बनिरहेको छ ।
धरानका अधिकांश सामुदायिक वनले अहिले स्थानीय र बाह्य पर्यटकले कमाइरहेका छन् । यसैबीच हरियालीमा भने अहिले दिनहुँ पर्यटक तथा पिकनिक खान आउने बढेको वन समूहका अध्यक्ष रामकुमार राईले जानकारी दिए । ‘अन्य बार अलि कम आउँछन्, शनिबार त १५ वटासम्म ग्रुप आउन थालेका छन्’, अध्यक्ष राईले भने । उनले २५ रुपैयाँ र ग्रुपमा आए ९ सय रुपैयाँ टिकट दर राखिएको जानकारी दिए ।
विशेषगरी बालबालिका र युवायुवती पिकनिकमा बढी रमाउँछन्, युवायुवती बढी जोशमा हुन्छन् । अहिले धरानलगायत पूर्वका विभिन्न ठाउँमा घुमफिर गर्ने वा पिकनिकमा रमाउने बढेका छन् । अहिले पिकनिकको सिजन शुरू नै भएको र पिकनिकमा रमाउने बढेको त्यहाँस्थित व्यवसायी बताउँछन् । ‘अहिले पिकनिक जाने संस्कृतिको विकासले पनि पर्यटक बढ्न थालेका हुन्’, उनले थपे, ‘पिकनिकस्थलमा पुगेर नाचगान गर्दै रमाउन थालेका छन्, यहाँ प्रशस्त ठाउँ पनि छ, साथै बालबालिकाका लागि खेल्ने ठाउँ, चराचुरुङ्गी र वन्यजन्तु अवलोकन आदि पनि सुविधा छ ।’
पिकनीकमा विशेषतः युवायुवती, विद्यार्थी, कर्मचारी, व्यवसायी, परिवार बढी रमाउने गर्दछन् । पिकनिकको सबैभन्दा रमाइलो पक्ष नाचगान र खानपिन नै हो । त्यहाँ बज्ने गीतको तालमा जान्ने त जान्ने भइगए नजान्ने समेत कम्मर हल्लाउन पछि पर्दैनन् ।
धरान आसपास धेरै पिकनिक स्पट छन् । हरियाली सामुदायिक वन क्षेत्र, सप्तरंगी पार्क, भेडेटार, नाम्जे उत्कृष्ट गन्तव्य हुन् । पर्यटकीयस्थलका रूपमा परिचित भेडेटारमा पिकनिक ‘स्पट’ नै निर्माण भएको छ ।
झापाको माइधार, इलामको कन्याम, धनकुटाको तमोर किनार, झापाको जामुनखाडी, सुनसरीको बर्जुताल, तालतलैया, तरहरा पश्चिम, बेलबारीको बेतना सिमसार आदि पिकनिकका लागि चर्चित गन्तव्य हुन् ।
तस्वीरः हाम्रो कोशी आवाज

 

 

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend