Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मेडिकल हलका सञ्चालक विराटनगरका प्रहरीद्वारा समातिए

हाम्रो कोशी आवाज
पुष १३ २०७७, सोमबार
धरानको मेडिकल हलका सञ्चालक विराटनगरका प्रहरीद्वारा समातिए

धरानः धरान–१५ सदन रोडमा सञ्चालित मुसरत मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
अनाधिकृत औषधि बेचबिखन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मेडिकल हलका सञ्चालक भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ वर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधि बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । उनले अवैध औषधि गलत तरिकाले बिक्री गरेको प्रहरीले जनाएको छ ।
मेडिकल हलबाट डाइसाइक्लोमिन हाइड्रोचिओराईड ट्याब्लेट आइपी डिकोलिस बट्टामा रहेको ७००० ट्याब्लेट रखुल्ला अवस्थामा रहेको ५९० ट्याबलेट तथा ट्रामाडोल हाइड्रोचिओराईड खुल्ला अवस्थामा रहेको ९८० ट्रयाब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । अवैध औषधिसहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend