Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ बस्ने युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
माघ ६ २०७७, मंगलबार
धरान-८ बस्ने युवा लागूऔषधसहित समातिए

धरानः धरानमा इटहरीका युवा लागूऔषधसहित समातिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले इटहरी–१९ घर भई हाल जिल्ला सुनसरी धरान–८ ८ बस्ने वर्ष २३ को विकास बुढाथोकीलाई लागूऔषधसहित पक्राउ गरेको जानकारी दिए ।
कोठामा लागूऔषध नाइट्रोसन समेत राखेर बेचबिखन गर्छन् भन्ने सूचनाको आधारमा उनलाई लागूऔषधसहित पक्राउ गरिएको उनले जानकारी दिए ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा निज सुत्ने बस्ने कोठाभित्र लुकाइराखेको नियन्त्रित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनको कोठामा स्पास्मो प्रोक्जोभिन प्लस १०० क्याप्सुल र नाइट्रोजन १० नामक लागूऔषध ८० ट्याब्लेट फेला थियो । उनलाई पक्राउ गरी लागूऔषध शीर्षकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend