Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जाडोको न्यानो कपडा कम्वल वितरण

हाम्रो कोशी आवाज
माघ ६ २०७७, मंगलबार
जाडोको न्यानो कपडा कम्वल वितरण

विराटनगरः १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दै आइरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिब तथा असहाय ब्यक्तिहरुको लागि जाडोको न्यानो कपडा कम्बल वितरण गरेको हो ।
मोरङको धनपालथान गाउँपालिका–३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका–२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १०० घर परिवारलाई १०० थान कम्बल दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल वितरण गरेकी हुन् ।
सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १०० जना असहाय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाइन्ट लगायत अन्य लत्ताकपडा समेत वितरण गरेकी थिइन् । उनले प्रदेश प्रहरी श्रीमती संघले विविध सामाजिक कार्यहरु गर्दै आइरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशील भई अगाडी बढ्ने धारणा राखिन् ।

प्रकाशित मिति: माघ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend