Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षक श्रेष्ठको हत्यामा संलग्नताको आरोपमा पेस्तोलसहित युवा पक्राउ

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
शिक्षक श्रेष्ठको हत्यामा संलग्नताको आरोपमा पेस्तोलसहित युवा पक्राउ

विराटनगरः मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
बुधबार मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्लाको बुढीगंगा गाउँपालिका–४ मा स्थित औद्योगिक क्षेत्रबाट हतियारसहित पक्राउ गरेको हो । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले उनी पक्राउ गरेको पुष्टि गरे ।
प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो । संखुवासभा साविक मादी गाविस रामवेनी–७ हाल मादी नगरपालिका–४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल बरामद गरेको छ ।
५४ वर्षीय शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चन्दा सहयोग माग्न मोटरसाइकलमा आउँदै गरेको अवस्थामा सिलवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
पक्राउ परेकाको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोली बरामद भएको छ । चारवटा मोबाइल, ११ वटा सिम कार्ड पनि बरामद भएको छ । त्यस्तै को२४प ४००५ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीले अन्य पाँच जनाको खोजी तीव्र बनाएको जनाएको छ ।

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend