Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकको आकाशमाथि कालो बेलुनको झुप्पो

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
भानुचोकको आकाशमाथि कालो बेलुनको झुप्पो

धरानः धरानको आकाशमा बिहीबार कालो बेलुनको झुप्पो उडाइएको छ । राष्ट्रिय युवा संघ नेपालले भानुचोकमा पुगेर कालो बेलुन उडाएको हो ।
कालो बेलुन उडाउँदा भानुचोकमा भेला भएका युवाहरु, सर्वसाधारण, सार्वजनिक यातायातका मजदुरलगायतको भीड पनि एकाएक बढेको थियो भने मुख्य चोकमा नारा जुलुस गरिरहँदा रमिता पनि बनेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध धरानमा कालो बेलुन उडाएर विरोध प्रदर्शन भएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहको राष्ट्रिय युवा संघ नेपालले कालो बेलुन उडाएर विरोध जनाएको हो ।
‘निरंकुशता चाहिँदैन, संसद विघटन गर्न पाइँदैनलगायतको नारा लगाउँदै पार्टी कार्यालय छाताचोकबाट निस्किएको युवाको रयालीले भानुचोकमा पुगेर बेलुन उडाएको थियो ।
युवा संघका केन्द्रीय सदस्य हरि लिम्बूले भोलि नेकपाको काठमाडौं केन्द्रित विरोध प्रदर्शन हुने र आज सांकेतिकरुपमा कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेको जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend