Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका ३ सय २७ सञ्चारकर्मीको दुर्घटना बिमा

हाम्रो कोशी आवाज
माघ १४ २०७७, बुधबार
सुनसरीका ३ सय २७ सञ्चारकर्मीको दुर्घटना बिमा

सुनसरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ ।
अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौताअनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुस २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६ सञ्चारकर्मीको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो ।
बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो,’ उनले भने, ‘करिब चार सयको विवरण आएको थियो, तर केही नामहरुको डकुमेन्ट नपुगेकाले हामीले उनीहरुको बिमा गर्न सकेनौं ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरु समेटिएको बताए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले दुर्घटना बिमा गरेको बताए । सम्झौता २ सय ६ जना सञ्चारकर्मीको बिमा गर्ने भएपनि कागजात माग गर्दा धेरै संख्यामा सञ्चारकर्मीहरुले आवेदन गरेपनि ३ सय ४ जनाको मात्रै बिमा गरिएको अध्यक्ष अधिकारीले बताए । सम्झौता भन्दा माथि गरिएका बिमित सञ्चारकर्मीहरुले पैसा भने पे्रस युनियन सुनसरीले तिरेको अधिकारीले बताए ।
‘हामीले यसअघि कोरोना बिमा गरिएको दुई सय ६० पत्रकारमध्ये ३२ जनालाई कोरोना लागेको थियो,’ उनले भने, ‘ती मध्य २२ जनाको एक लाखका दरले रकम आइसकेको छ ।’ उनका अनुसार दुर्घटना बिमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले सात लाख रुपैयाँ हात पार्नेछन् भने घाइते भएमा उपचार खर्च वापत ७० हजार रुपैयाँसम्म रकम पाउनेछन् । यसअघि युनियनले विराटनगरको नोवेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने ५० प्रतिशत छुटका लागि सम्झौता समेत गरेको उनले जानकारी दिए ।
प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले दुर्घटना बिमाले पत्रकारिताप्रतिको आकर्षण बढाउने बताए । उनले भने, ‘महासंघले सबै अटाउन नसकिरहेको अवस्थामा युनियनले जिल्लाकै तीन सयको बिमा गरिनुले पत्रकारिताप्रतिको आकर्षण बढाउँछ ।’ उनले सो कामले सञ्चार क्षेत्रमा आबद्ध मानिसहरुमा सकारात्मक प्रभाव पर्ने बताए । प्रदेश १ का अध्यक्षहरुको पनि बिमा साथै, युनियनका प्रदेश १ भरीका अध्यक्षहरुको पनि बिमा गरिएको छ । सुनसरी अध्यक्ष अधिकारीसहित प्रदेश १ का १४ जिल्लाका अध्यक्षहरुको बिमा पनि गरिएको हो ब्यवस्थापन समिति संयोजक पोखरेलले बताए ।

प्रकाशित मिति: माघ १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend