Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकबाट गाँजासहित समातिएका युवा प्रहरीद्वारा सार्वजनिक

हाम्रो कोशी आवाज
माघ १५ २०७७, बिहिबार
भानुचोकबाट गाँजासहित समातिएका युवा प्रहरीद्वारा सार्वजनिक

धरानः इलाका प्रहरी कार्यालय धरानले गाँजासहित समातिएका युवालाई सार्वजनिक गरेको छ ।
धरानस्थित धरानबाट गाँजासहित पक्राउ गरिएका युवालाई सार्वजनिक गरिएको हो । धरान–२ भानुचोकबाट धनकुटा घर भएका २३ वर्षीय कमल विष्टलाई गाँजासहित पक्राउ गरेपछि सार्वजनिक गरेको हो ।
धनकुटा–१४ घर भएका बिष्टको साथबाट एक किलो ९ सय ग्राम गाँजा पनि बरामद भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । बुधबार १२ बजेको समयमा डयुटीमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर बरामद हुन आएको गाँजाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend