धरानः धरान र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध टयाब्लेटसहित चारजना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट सोमबार दिउँसो स्थानीय २७ वर्षीय राजकुमार तामाङ, डाइजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्जसहित पक्राउ परेका हुन् ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–११ बाट सोमवार साँझ नियन्त्रित लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ वर्षीय रविन राई, २६ वर्षीय प्रभात राई र १९ वर्षीय सन्देश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुलसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।