Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषधसहित समातिएका युवा सार्वजनिक

हाम्रो कोशी आवाज
माघ २० २०७७, मंगलबार
धरानमा लागूऔषधसहित समातिएका युवा सार्वजनिक

धरानः धरानमा लागूऔषधसहित पक्राउ गरेका युवा धरान प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले धरान–१३ बस्ने वर्ष २७ को राजकुमार तामाङलाई पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
घरकोठामा लुकाइछिपाइ लागूऔषध राखी बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजको घरकोठा खानतलासी गर्दा लागूऔषध फेला परेको उनले जानकारी दिए ।
डाइजेल्याब ९ एम्पुल, फेनेरागन ९ एम्पुल, आइजेलाव ९ लेजेसिक ९ एम्पुल, अल्कोहल स्वाब आइडिए ४४ पत्ता, ५ एमएलको सिरिञ्ज ६३ थान बरामद भएको उनले जानकारी दिए । लागूऔषध कारोबार गर्ने तामाङलाई पक्राउ गरी लागूऔषध शीर्षकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend