Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कलेजमै खाद्य मेला

हाम्रो कोशी आवाज
माघ २० २०७७, मंगलबार
धरानमा कलेजमै खाद्य मेला

धरानः धरान–१० स्थित प्राइम भिजन होटेल म्यानेजमेन्ट कलेजमा सोमबारबाट तीनदिने खाद्य मेला आयोजना गरेको छ ।
मेलामा डिप्लोमा इन होटल म्यानेजमेन्टमा पढ्ने विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासद्वारा सिकुन भन्ने उद्देस्यले मेलाको आयोजना गरिएको कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए ।
होटल म्यानेजमेन्टमा इभेन्ट म्यानेजमेन्ट कोर्ष भएकोले प्रयोगात्मक ढङ्गले लेभल–३ र लेभल–४ मा पढ्ने विद्यार्थीहरुलाई लक्षित गरेर मेला गरिएको कलेजका हेड काउन्सलर मधुसुदन कोइरालाले जानकारी दिए ।
‘इभेन्ट म्यानेजमेन्ट भित्र इभेन्टलाई कसरी ब्यबस्थापन गर्ने, मासलाई कसरी खुशी पार्ने, सर्भिस कसरी प्रभाबकारी बनाउने बारेमा विद्यार्थीहरुले आफैले गरेर सिक्छन्’, कोइरालाले भने ।
मेलामा होटल म्यानेजमेन्टका विद्यार्थीले तयार पारेका विभिन्न खानाका परिकारहरु बेचेर आएको नाफाबाट धरान–१६ को पञ्चायत आधारभूत विद्यालत र धरान–१७ मा रहेको सम्यक आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान गरिने कोअर्डिनेटर श्रेष्ठले जानकारी दिए ।
मेलामा विद्यार्थी, अभिभावक, धरानका विभिन्न ठाउबाट अवलोकन गर्न आएका छन् । धरान बाहिर बेलाबारिबाट विकम कलेज, चतराबाट बराह राइजिङ बोर्डिङ स्कुल, हिमालयन बोर्डिङ स्कुल अन्य ठाउँबाट पनि अवलोकन गर्न आएको कलेजले जनाएको छ ।
लेभल–३ विद्यार्थी अर्जुन श्रेष्ठले कार्यक्रम कसरी म्यानेज गर्ने, सर्भिस कसरी गर्ने, मार्केटिङ कसरी गर्ने भन्ने कुराको राम्ररी सिकिएको अनुभव सुनाए । त्यस्तै, लेभल–४ मा पढ्ने सुष्मा लिम्बूले खानाका विभिन्न परिकारहरु आफैले तयार गरि आफैले सर्भिस गर्दा धेरै राम्रो अनुभव भएको सुनाइन् ।

प्रकाशित मिति: माघ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend