Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरका ४० कर्मचारीलाई कोरोनाबापतको ४० लाखको चेक

हाम्रो कोशी आवाज
माघ २१ २०७७, बुधबार
धरान उपमहानगरका ४० कर्मचारीलाई कोरोनाबापतको ४० लाखको चेक

धरानः जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाले कोरोना संक्रमित कर्मचारीहरुको कोरोना बिमाबापतको रकम मेयरतिलक राईलाई हस्तान्तरण गरेको छ ।
शाखाका प्रमुख प्रतीक श्रेष्ठसहितको टिमले बुधबार मेयर राईलाई कार्यकक्षमै भेटेर ४० जना कर्मचारीहरुको कोरोना विमाबापतको रकम हस्तान्तरण गरेको हो ।
धरान उपमहानगरपालिकाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखासँग कोरोना बीमाको सम्झौता गरेको थियो । जसअन्तर्गत ४० जना कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । शाखाले ४० जना कोरोना संक्रमित कर्मचारीहरुको ४० लाख रुपैयाँको चेक मेयर राईलाई हस्तान्तरण गरेको हो । सो ४० लाख रुपैयाँको चेक मेयर राईले प्रमुख प्रशासकीय अधिकृत विदुर खनाललाई हस्तान्तरण गरेका थिए ।
बीमावापतको रकम प्राप्त हँुदा कार्यरत कर्मचारीहरुलाई काम गर्न प्रेरणा मिलेको बताए । कम्पनीका धरान शाखाका प्रमुख श्रेष्ठले बाँकी रहेका कर्मचारीहरुको कोरोना विमाबापतको रकम चाँडै नै उपलब्ध गराउने जानकारी दिए ।

प्रकाशित मिति: माघ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend