धरानः धरानमा आफ्नै साथीलाई छुरा हान्ने युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मोरङ पथरीशनिश्चरे–६ घर भई हाल धरान–१५ बस्ने वर्ष २३ को ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले गत आइतबार साढे ८ बजे आफ्नै साथी धरान–१५ बस्ने वर्ष २१ को कैलाश मरिकलाई ढाडमा छुरा प्रहार गरी फरार थिए ।
धारिलो हतियार छुरा प्रहार गरेर घाइते बनाएको र घाइते कैलाशलाई तत्कालै उपचारको लागि बीपी प्रतिष्ठान लगिएको थियो । उनको अवस्था गम्भीर बन्दै गएपछि उनको थप उपचारका लागि काठमाडौंस्थित मननमोहन सामुदायिक अस्पताल काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । परियारलाई ज्यान मार्ने उधोग कसूरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।
यस्तै, प्रहरीले धरान–१३ बाट प्रतिबन्धित गाँजासहित पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला भोजपुर हतुवागढी गा.पा. वडा नं. ६ घर भई हाल जिल्ला सुनसरी धरान वर्ष ३४ को गुमान राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लागूऔषध गाँजा सञ्चय गरी बिक्री–वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
उनी सुत्ने कोठा खानतलासी गर्दा निजले लुकाइछिपाइ राखेको २ किलो २७० ग्राम गाँजा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । उनीमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।