Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मन्टेश्वरी किन्डर गार्टेनले आफ्नै भवनबाट पठनपाठन थाल्यो (भिडियो)

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७७, मंगलबार
धरानको मन्टेश्वरी किन्डर गार्टेनले आफ्नै भवनबाट पठनपाठन थाल्यो (भिडियो)

धरानः धरान–१६ अन्नपूर्ण चोक पूर्व सञ्चालित मन्टेश्वरी किन्डर गार्टेनले भौतिक पूर्वाधारले भरिपूर्ण आफ्नै विद्यालय भवनबाट पठनपाठन सुचारु गरेको छ ।
सरस्वती पूजा दिनदेखि आफ्नै भवनबाट पठनपाठन थालेको हो । दुई कट्ठा जमीनमा मन्टेश्वरी अवधारणामै भवन बनेपछि आफ्नै विद्यालय भवनबाट पठनपाठन सुचारु गरिएको प्रिन्सिपल सुलेखा जोशीले जानकारी दिइन् ।
बालबालिकालाई पढाइका साथ अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले सक्दो जोड दिइने प्रिन्सिपल जोशीले जानकारी दिइन् । ‘बालबालिकामा एकेडेमिक मात्रै होइन, जुनैपनि संघर्षसँग जुध्ने सक्ने बनाउँछौं’, उनले थपिन्, ‘पढाइमा मात्रै नभएर नृत्य, म्युजिकल कक्षा, क्लासिकल म्युजिक, खेलकुदलगायत अन्य गतिविधिमा विशेष जोड दिइनेछ ।’
प्ले ग्रुपदेखि कक्षा–३ सम्म सञ्चालन गर्ने अनुमति पाएको स्कुलले मन्टेश्वरी विधिमै पठनपाठन गर्दै आएको प्रिन्सिपल जोशीले बताइन् । भविष्यमा कक्षा–५ सम्म सञ्चालन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिइन् ।
सञ्चालक गौरवमान श्रेष्ठले भूकम्पप्रतिरोधी भवन प्राङ्गणमा मिनी फुटसल, बास्केटबल कोर्ट पनि रहने जानकारी दिए । ‘एक वर्षअघि नै यहाँबाट पठनपाठन सुचारु गर्ने हिसाबले लागेका थियौं तर कोरोनाका कारणले भवन निर्माण हुन सकेन’, उनले भने, ‘अब यही भवनबाट पठनपाठन हुन्छ ।’ १० वर्ष भाडाको घरमा स्कुल सञ्चालन गरिएको र अब आफ्नै विद्यालय भवनमा पठनपाठन सुचारु गर्न पाउँदा हर्षित बनेको उनले बताए । विद्यालयले आफ्नै बस सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend