Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रभावशाली नेताको आउजाउ

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७७, शुक्रबार
प्रभावशाली नेताको आउजाउ

धरानः धरानमा कांग्रेसका केन्द्रीयस्तरका प्रभावशाली नेताहरुको आउजाउ बढेको छ ।
प्रभावशाली नेता आइपुगेको हप्तादिनपनि नभई अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलको धरानमा आगमन भएको छ । यसअघि गत सोमबार धरानमा भएको कांग्रेसको विरोधसभामा प्रभावशाली नेता डा. शेखर कोइरालाको उपस्थिति थियो । प्रतिनिधिसभा विघटनविरूद्धमा नेपाली कांग्रेस जिल्लाले विरोध प्रदर्शन र सभा आयोजना गरेको थियो ।
शुक्रबार धरान उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा वरिष्ठ नेता पौडेल आएका हुन् । यसअघि धरानमा कांग्रेसलाई जिताउन कांग्रेसका नेताहरुको आउजाउ खुब बढेको थियो ।
कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सररकाले जनतामाथि धोका दिएको बताएका छन् । उनले भने, ‘सरकारले जनतामाथि ठूलो धोका दिएकै हो, कम्युनिष्टकै कारण लोकतन्त्र खतरामा पनि परेको छ ।’ उनले जनताले दिएको मतको आज केपी ओलीको सरकारले लत्याउँदै लोकतन्त्रमाथि नै खतरा निम्त्याएको आरोप लगाए । उनले ओलीको संंसद विघटनका कारण नेपाली जनता, पार्टीका कार्यकर्तामाथि धोका दिँदै निराश पारेको बताउँदै लोकतान्त्रिक संविधानलाई सडकमै फाल्ने काम भएको बताए ।
उनले आन्तरिक द्वन्द्व र कुर्सी मोहका कारण अहिलेको जटिल परिस्थिति सिर्जना भएको बताए । उनले यस कदमलाई ‘ऐतिहासिक कदम’को संज्ञा दिए । उनले प्रदेश नं. १ प्रति संकेत गर्दै प्रदेश सरकारमा समेत संसदीय अभ्यास नभएको आरोप लगाए ।
नेता पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिँड्न नचाहँदा देश र संविधान धरापमा परेको बताए । सर्वोच्च अदालतले संविधान नजोगाए देश थप बिग्रहमा फँस्ने पौडेलको भनाई थियो ।
यसैबीच उनले धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा महिला सञ्जाललगायत, महिलालाई रुद्राक्षको माला लगाएर सम्मान गरेका थिए ।
मेयर तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपमेयर मञ्जु भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रदेश १ संसदीय दलका नेता एवं सांसद राजीव कोइराला, नेकपाका धरानका अध्यक्ष नारायणप्रसाद सुवेदीलगायतले बोलेका थिए ।
यस्तै वरिष्ठ नेता पौडेलले प्रजातन्त्र दिवसकै अवसर पारेर धरान १३ र २० मा रहेको बीपी पार्कको उद्घाटनसँगै त्यहाँ निर्माण गरिएको बीपीको शालिक अनावरण समेत गरेका थिए । परिवर्तनशील समाज नेपालको आयोजनामा शालिक अनावरण कार्यक्रम आयोजना भएको अध्यक्ष विश्वराज भण्डारीले जानकारी दिए ।
सन १९४७ बीपी कोइरालासहित ६ जनालाई तत्कालीन जहाँनीय राणा शाही सरकारले गिरफ्तार गरी धरानको फुस्रेमा एक रात राखी यही बाटो (हालको बीपी स्मृति पार्क) भएर हिँडाएर धनकुटा, भोजपुर हुँदै काठमाडौं चलान गरिएको ऐतिहासिकस्थलमा जननायक बीपीको पूर्णकदको शालिक निर्माण भएको हो । तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन ७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend