Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोरखा डिपार्टमेन्ट स्टोरमा क्यूआर भुक्तानी सेवा

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७७, शुक्रबार
गोरखा डिपार्टमेन्ट स्टोरमा क्यूआर भुक्तानी सेवा

धरानः नगदरहित कारोबारलाई बिस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर कोड भुक्तानी सेवा उपलब्ध गराएको छ ।
यस सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।
बैंकले सजिलो अकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको शुरुवात गरेको छ । जसमार्फत् कम्प्युटरको स्क्रिनमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नेछन् ।
फोन पेमा आबद्ध बैंकका ग्राहक महानुभावहरूले डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित बिराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाबाट क्यूआर भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: फाल्गुन २१ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend