सुनसरीः प्रदेश नम्बर–१ का २८ जना आधारभूत तह (कक्षा ६–८) का सामाजिक विषयका शिक्षकहरुको १० दिने पेशागत विकास तालिम सम्पन्न भएको छ ।
शिक्षा तालिम केन्द्र, सुनसरी, प्रदेश नम्बर १ ले फागुन १४ गतेबाट अनलाइन जुम मिटिङमार्फत तालिम शुरु गरेको थियो ।
समापन कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख सूर्यराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने तालिममा प्रशिक्षकका रुपमा भुदेव झा र दिलीपकुमार मेहता रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले सहभागीहरुलाई बधाई ज्ञापन गरेका थिए भने प्रशिक्षक झाले सम्पूर्ण प्रशिक्षक इन्दिरा कटुवाल, सन्तोष पोखरेल, लोकबहादुर श्रीपाली, प्रमोद भण्डारीलाई सम्झिदै यो समूह अहिलेसम्मकै सबै भन्दा रमाइलो भएको बताए ।
त्यसैगरी आजको सेसनमा हाउस क्याप्टेनका रुपमा झापाका शिक्षक विष्णुप्रसाद पौडेल, रिपोर्टरमा सुनसरी धरानका शिक्षक रविन थापा, मनोरञ्जनकर्तामा तेह्रथुमका शिक्षक कृष्ण कुमार मोक्तान साथै समय सूचकका रुपमा सुनसरी धरानका शिक्षक महेन्द्रप्रसाद भट्टराई र कार्यक्रम सञ्चालकमा सुनसरी बराहक्षेत्रका शिक्षक हरिनारायण भट्टराई रहेको सहभागी झापाका शिक्षक लालमणि कट्टेल जानकारी दिए ।