धरानः धरान–५ ठिङ्गाबारी र देवीगाउँका एकल महिला, जेष्ठ नागरिक रहेको १५ घरधुरीलाई १ सय ७५ केजी चामल वितरण गरिएको छ ।
विश्व महिला दिवस २०७७ को अवसरमा विश्व शान्ति महिला संघ, नेपाल सुनसरी शाखा निम्न अवस्था भएकालाई चामल वितरण गरेको छ ।
चामल हस्तान्तरण गर्दै आयोजक संस्थाकी अध्यक्ष सीता लिम्बु खापुङले चामल वितरण गर्दै सहयोगी संस्था आइआरएफएफ जर्मन उपलब्ध गराएको बताइन् ।
प्रमुख अतिथि धरान–५ की वडा सदस्य तथा शान्ति देवी राई, विशेष अतिथ वडा सदस्य हेमकुमारी विश्वकर्माले विश्व नारी दिवसको शुभकामना दिँदै मानव सेवाका काम गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा युपीएफ सुनसरीका संयोजक मोहन श्रेष्ठ, युपीएफ अभियन्ता राम लिम्बू, स्थानीय अग्रज व्यक्तित्व सुकबहादुर लिम्बू, वडा सचिव राम पौडेल र सुमी शंकर र विना कार्कीलगायतले चामल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा इटहरी क्लिनका सरसफाइ अभियन्ता पुस्कर थापाले वडालाई हरियाली बनाउन अशोक बाटिका, कपुर, स्वामी प्रजातिलगायतका विरुवा वितरण गरेका थिए । कार्यक्रम धरान ५ नं. वडा कार्यालयमा भएको हो ।


