धरानः धरानमा पसलहरुको अनुगमन भएको छ ।
इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, उपभोक्तावादी संघसंस्था, धरान उपमहानगरपालिकाका प्रतिनिधिको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो ।
भारतबाट लुकाइछिपाइ राजश्व छलेर खाद्यान्नलगायतका उपभोग्य वस्तु भित्र्याइ विभिन्न पसलमा बिक्री वितरण गर्ने, ती पसलले खरिद बिक्री बेगर ती सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोको आधारमा अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
उनका अनुसार बिस्कुट, भुजिया, पापड, लेज, कुरकुरे आदिमा खरिदबिक्री बिल समेत नभएको पाइएको उनले जानकारी दिए ।
सिटी स्टोर, सुमित्रा स्टोर, एचके किराना स्टोर र रोशनी किराना पसलमा अनुगमन गरिएको उनले जानकारी दिए । चारवटा पसललाई ७० हजार रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार चारवटा पसललाई जरिवाना गरिएको उनले जानकारी दिए ।
सिटी, सुमित्रा र रोशनीलाई २०-२० हजार रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । उनका अनुसार एचकेलाई भने १० हजार जरिवाना गरिएको थियो ।


