विराटनगरः भारत मटियारीग्राम पञ्चायतका ३२ वर्षीय शिवलाल राय पक्राउ परेका छन् ।
उनलाई विभिन्न ब्राण्डका सिलप्याक मदिरासहित पक्राउ गरिएको हो । ठूलो परीणामको मदिरा नेपालबाट भारततर्फ चोरी निकासी हुन लागेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा–१ लंकाटोलस्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३०० मिली ग्रामको ५७ कार्टुन, पलपल लेखिएको ३०० मिलीग्रामको ४० कार्टुन, सोफिका लेखिएको ३०० मिली ग्रामको ३७ कार्टुन, हरपल लेखिएको ३०० मिली ग्रामको १५२ कार्टुन र ३०० मिलीग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद गरेको हो ।
स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका भारतीय नम्बर प्लेटको डब्लु बि २० जेड १०८० नम्बरको कार र ४ वटा मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, मोरङको विराटनगरबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ४ कञ्चनबारीस्थित नेपाल आयल नियम १ नं प्रदेश कार्यालयबाट को.१ख ५९१२ नम्बरको ट्याङकरमा पेट्रोलियम पदार्थ लगेको भन्दै उनीहरुमाथि कारबाही अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।
निगमको विनियम तथा प्रचलित कानुनविपरीत उनीहरुले राजस्व चुहावट गरेको भन्दै पक्राउ गरिएको मोरङका डीएसपी मानबहादुर राईले बताए ।